लालबन्दीस्थित नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, २० साउन – सर्लाहीको लालबन्दी र लालबन्दीदेखि पूर्वतर्फको भागमा राति देखि नै बिजुली अवरुद्ध रहेको छ ।
राति भारी वर्षा हुँदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागवानी जङ्गल क्षेत्रमा रुखका हाँगा भाँचिएर बिजुलीको तारमा क्षति गरेकाले लालबन्दी, पत्थरकोट, रानिगन्ज, परवानीपुर, नारायणणखोला, घारिबथान क्षेत्रमा बिजुली अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवनकुमार यादवले तीन÷चार ठाउँमै रुखका हाँगा खसेर तारमा क्षति गरेको उज्यालो अभियानसँग बताए । उनका अनुसार रातिदेखि नै लालबन्दी वितरण केन्द्रका प्राविधिक खटिएर रुखका हाँगा पन्छाएर तार जोड्ने काम गरिरहेका छन् ।
मर्मतको काम सकेर बिजुली सूचारु हुन केही समय लाग्ने वितरण केन्द्र प्रमुख यादवको भनाइ छ । बिजुली नहुँदा यस क्षेत्रमा रातिदेखि नै विद्युतीय उपकरण सञ्चालन गरेर गरिने काम ठप्प भएका छन् ।
बागवानी जङ्गलदेखि पूर्वबाहेक लालबन्दी वितरण केन्द्रको अन्य क्षेत्र र बरहथवा तथा मलङ्गवा वितरण केन्द्र अन्तर्गतको बिजुली सूचारु नै रहेको बताइएको छ ।