परवानीपुर, १९ साउन – प्रहरीले सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरे डाँडाबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चुरेभेगकै लालबन्दी नगरपालिका १४ नारायणखोलाका २१ वर्षीय सन्जिव घिसिङ रहेका छन् । उनलाई बा.प्र. ०२–०३२ प ५७१२ नम्वरको मोटरसाइकलमा हिँड्दै गर्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । घिसिङले मोटरसाइकल चलाइरहेका थिए । प्रहरीलाई देख्नासाथ पछाडि सवार व्यक्ति भने फरार भएका छन् ।
मोटरसाइकल चालक घिसिङले बोकेको झोलाभित्रबाट ५ किलो ३३० ग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले उज्यालो अभियानसँग बताए । इन्स्पेक्टर जोहारीका अनुसार मोटरसाइकल पछाडि सवार व्यक्तिको खोजी भइरहेको छ ।