logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

साउने सोमबार : सर्लाहीका शिवालयमा आज पनि घुइँचो


  • उज्यालो अभियान

चिताइन, १९ साउन – सर्लाहीलगायत देशभरका शिवालयमा आज पनि श्रद्धालुको बिहानैदेखि घुइँचो लागिरहेको छ ।

आज साउनको तेस्रो सोमबार हो । लालबन्दीको डुमडुमे, इश्वरपुरको सागरनाथ, हरिपुरको चिताइन, हरिवनको कैलाशपुरी र सुखेपोखरी, मुर्तियाको मुक्तेश्वरसहित जिल्लाभरका शिवालयमा दर्शनार्थीको भीडभाड रहेको हाम्रा संवाददाताले जनाएका छन् ।

सर्लाहीबाट महोत्तरीको टुटेश्वरमा पर्ने टुटेश्वरनाथ महादेव मन्दिरमा दर्शनका लागि पुग्ने पनि उत्तिकै देखिन्छन् । अहिले पूर्व पश्चिम राजमार्गमा स्थानीय तथा भारतीय तर्थयात्री मोटरसाइकल, ट्याक्टरसहित अन्य सवारी साधनमा बाक्लो मात्रामा आउजाउ गरिरहेका छन् ।

सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा जल उठाउन पुग्ने पनि धेरै छन् । साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ ।

साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास छ ।