logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विपद जोखिम न्यूनिकरण सम्वन्धी २ दिने प्रशिक्षण सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, १५ साउन – सर्लाहीको लालबन्दीमा जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन सम्वन्धी २ दिने प्रशिक्षण आज सम्पन्न भएको छ ।

स्थानीय समाज विकास केन्द्र हरिपुर १ हजारबिघाको सहजीकरण तथा हेल्पिङ ह्याण्डको सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो । प्रशिक्षणमा लालबन्दी, हरिपुर, ईश्वरपुर, पर्सा, कौडेना, मलंगवालगायत पालिकाबाट जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, सामाजिक अगुवा र पत्रकार गरी २५ जना सहभागी भएका स्थानीय समाज विकास केन्द्रका सल्लाहकार टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिएका छन् ।

प्रशिक्षणको आज संस्थाकी अध्यक्ष बिमला अन्सारी, हेल्पिङ ह्याण्डका प्रवन्धक जीव पोखरेल, ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोलगायतको आतिथ्यतामा समापन गरिएको हो । दुई दिने प्रशिक्षणमा विपद जोखिम न्यूनिकरणका सम्वन्धमा नवीन पोखरेलले सहजीकरण गरेका थिए ।

दुई दिने प्रशिक्षण समापनकै अवसरमा संस्थाले एक वर्षभित्र गरेका गतिविधिलाई समेटेर सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरेको छ ।