logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पुष्पलाल पार्कमा सरसफाई


  • उज्यालो अभियान

रितिक यादव/लालबन्दी, १५ साउन – सर्लाहीको लालबन्दी नगरपालिका १५ परवानीपुर बोहोरेडाडाँस्थित पुष्पलाल पार्कमा आज शिक्षक र विद्यार्थीले सरसफाई गरेका छन् ।

लालबन्दी १६ मा रहेको डिम जनता माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थीले जिल्लाको प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भइरहेको पुष्पलाल पार्कमा सरसफाई गरेका हुन् । शिक्षक र विद्यार्थीले पार्कमा रहेका फोहोरमैला संकलन गर्दै झाडी बुट्यान काटेर हटाउने काम गरेका छन् ।

शिक्षक र विद्यार्थीलाई सहभागी गराएर शैक्षिक अवलोकनसहित सामाजिक कार्य अन्तर्गत पार्कमा सरसफाई गरिएको विद्यालयले जनाएको छ ।