अत्रौली, ११ साउन – सर्लाहीको उत्तरी चुरेवर्ती केही ठाउँमा आज दिउँसो एकझर राम्रोसँग वर्षा भएको छ ।
चुरेवर्ती क्षेत्रको पत्थरकोट, जियाजोर, अत्रौली, बागमतीलगायत क्षेत्रमा राम्रोसँग पानी परेको स्थानीयले जानकारी दिएका छन् । परवानीपुर, कालिन्जोरलगायत क्षेत्रमा भने स्यार्र केहीबेर पानी छिट्याएको छ ।
यस्तै दक्षिणी भेगमा बरहथवा, गैरलगायत क्षेत्रमा पनि सामान्य वर्षा भएको हाम्रा संवाददाताले जनाएका छन् । जिल्लाको अन्य ठाउँमा भने पानी पर्ला जस्तो भई मौसम धुम्मिए पनि वर्षा हुन सकेन् । तर मौसम बद्ली हुँदा मात्रै पनि आज यहाँ गर्मी केही कम भएको महशुस स्थानीयले गरेका छन् ।
पर्याप्त पानी पर्न नसक्दा सर्लाहीसहित मधेश प्रदेशमा खानेपानीको अभावसँगै धान रोपाइँ प्रभावित बनेको छ ।