logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

७१ जनाको निःशुल्क आँखा परीक्षण


  • उज्यालो अभियान

हरिवन, ११ साउन – सर्लाहीको हरिवनमा ७१ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

नेपाल मानव धर्म सेवा समिति हरिवनले सुखेपोखरी आँखा उपचार केन्द्र तथा पोलिक्लिनिकसँग समन्वय गरी निःशुल्क आँखा परीक्षण गराएको हो । ४१ जना महिला, १९ पुरुष र ११ जना बालबालिकासहित ७१ जनाको आँखा परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको नेपाल मानव धर्म सेवा समिति हरिवनकी कोषाध्यक्ष शोभा ढुङ्गानाले जानकारी दिइन् ।

ढुङ्गानाका अनुसार शिविरमा आँखा परीक्षण गर्न आएका बिरामीको रक्तचाप समेत चेकजाँच गरिएको छ । शिविरमा आँखा परीक्षण गरिएका ७१ जनामध्ये १५ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।