बुद्धबहादुर बिक/परवानीपुर, ११ साउन – सर्लाहीको लालबन्दी नगरपालिका–१५, देउरालीका एक परिवारले गाउँको विद्यालयलाई धारा सहयोग गरेका छन् ।
स्वर्गिय बुवा भक्तबहादुर परियार र आमा बच्चीमाया परियारको सम्झनामा छोरा छत्रबहादुर, बुहारी कमला र छोरा रामहरिले सिद्धेश्वर प्राथमिक विद्यालय देउरालीलाई धारा उपलब्ध गराएका हुन् । उनीहरुले आज बिहान विद्यालयका प्रधानाध्यापक बलराम कार्की र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर रायलाई धाराका सामग्री तथा एक थान डस्टबिन प्रदान गरेका छन् ।
कार्यक्रममा लालबन्दी १५ का पूर्व वडा सदस्य कृष्णराज थोकर, समाजसेवी भिमबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो ।