घारिबथान, ०६ साउन – चुरेको विकट क्षेत्रमा पर्ने सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानस्थित शिखर डाँडामा एउटा कच्ची घर भत्किएको छ ।
चुरेको पाखामा स्थानीय भद्रबहादुर थापाले बनाएको काठको कच्ची घर भत्किएको हो । आइतबार दिउँसोपख यस ठाउँमा भारी वर्षा भएको थियो । ठूलो पानी परेपछि घरको भित्ताहरु क्षति पुगेकोमा हिजो अपरान्ह घर नै भत्किएको गाउँलेले बताएका छन् ।
घर भत्किएको समयमा घरभित्र कोही नरहेकाले मानवीय क्षति टरेको अस्थायी प्रहरी पोष्ट कालिन्जोर घारिबथानले जनाएको छ ।
घर भत्किएपछि आर्थिक अवस्था दयनीय रहेको थापा परिवार बिचल्लीमा परेको छ । भत्किएको घरभित्रबाट गाउँले मिलेर भएका केही अन्न, कपडा र भाँडा बाहिर निकालिदिएका छन् ।