घुर्कौली, ३० जेठ – चेतना सन्देश नेपालद्वारा सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौलीमा संचालित बालगृहमा आज सामाजिक लेखा परीक्षण (सोसल अडिट) कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाले स्थानीय अगुवा, सर्वसाधरण लगायतलाई सहभागी गराएर आम्दानी तथा खर्च सार्वजनिक गर्दै सरसल्लाह लिने काम गरेको बालगृहका व्यवस्थापक नवीन लामाले जानकारी दिए ।
बालगृहका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यस्तै बालगृहमा आज नै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनिले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ ।