हरिपुर, २३ जेठ – सर्लाहीको ईश्वरपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बालबालिका र लैंगिक बजेट विष्लेषण कार्यशालामा सहभागी गराइएको छ ।
स्थानीय तहमा बजेट बनिरहँदा ग्रामीण नारी उत्थान संघ हरिपुरले ईश्वरपुरका सबै वडाका जनप्रतिनिधि र नगरका कर्मचारीलाई लालबन्दीमा भेला पारेर कार्यशाला सम्पन्न गरेको हो ।
बालबालिकाहरुको क्लबका पदाधिकारी समेतलाई सहभागी गराएर अब बन्ने बजेटमा बालबालिका र लैंगिक समानताको विषयमा बजेट पार्न जनप्रतिनिधि र कर्मचारीलाई कार्यशालामा सहभागी गराइएको छ ।