logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लालबन्दी एमालेमा जुटेन सहमती, अध्यक्षमा ४ जनाको उम्मेदवारी


  • उज्यालो अभियान

लालबन्दी, २३ चैत – नेकपा एमाले लालबन्दी नगर कमिटीको सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएको छ ।

सहमतीमा नेतृत्व चयन हुन नसकेपछि अहिले साँझ उम्मेदवारको मनोनयन दर्ता कार्य चलिरहेको छ । स्रोतका अनुसार अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा उज्वलकुमार कार्की, प्रेमप्रसाद आचार्य (उमेश), माधवप्रसाद खरेल र लीला बाँनियाले उम्मेदवारी दिएका छन् ।

अन्य पदाधिकारीमा समेत १ जना भन्दा बढीको उम्मेदवारी परेपनि नामावली सार्वजनिक हुन बाँकी छ । मतदान भोली मध्यान्ह १२ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने बताइएको छ ।

एमाले दोस्रो नगर अधिवेशनको आज मध्यान्ह लालबन्दी नगरपालिका ६ स्थित मदन आश्रीत भवनमा पार्टीका जिल्ला इन्चार्ज एवं पूर्व मन्त्री हरिप्रसाद उपे्रतीले उद्घाटन गरेका थिए ।

नगर अधिवेशनका लागि हालको नगर कमिटीमा रहेका पदाधिकारी (आयोजक कमिटी) ५१ जनासहित १७ वटै वडाबाट छानिएर आएका कूल ३०९ जना प्रतिनिधिले मतदान गर्न पाउने एमाले लालबन्दीले जनाएको छ ।

यस्तै आज नै हरिपुरमा पनि नेकपा एमाले हरिपुर नगर कमिटीको पहिलो नगर अधिवेशनको उदघाटन भएको छ । अधिवेशनको पूर्व मन्त्री उपे्रतीले नै उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्र सकेर नयाँ नेतृत्वमा सहमती जुटाउन बन्दसत्रमा छलफल जारी रहेको नेताहरुले बताएका छन् ।