logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लोकतन्त्र अहिले लुटतन्त्र र दलतन्त्रमा परिणत भएको छ : राजेन्द्र महतो


  • उज्यालो अभियान

मलंगवा, १८ चैत – नेपालमा लोकतन्त्र अहिले लुटतन्त्र र दलतन्त्रमा परिणत भएका कारण जनता निराश हुँदा अहिलेको अवस्था सृजना भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।

सर्लाही सदरमुकाम मलंगवामा हिजो संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष महतोले जनतामा देखिएको निरासापनको लाभ अहिले राजावादीले लिइरहेकाले शक्तिमा भएका दलका नेताहरु सच्चिनुपर्ने बताएका हुन् । नेपाली जनताले सुशासनको अनुभूति गर्न नसकेपछि आक्रोशित भएर सडकमा आएको नेता महतोले जिकिर गरे ।

देशमा एकल जातिय शासन व्यवस्थाका कारण पनि समस्या उत्पन्न भएको उनको भनाई छ । नेपालमा अहिले धर्म परिवर्तन गराउने काम भईरहेकाले चिन्ताको विषय रहेको उनको भनाई छ ।

नेपालमा अहिले वैदेशिक हस्तक्षेपले धर्म परिवर्तनको काम भइरहेको र यसले देशको सभ्यता संस्कृतिमाथि नै आक्रमण भएको नेता महतोले बताए ।

तीनकुनेमा जुन मानविय क्षति भएको छ, त्यसमा आन्दोलनकारीको साथै सरकारपनि दोषि रहेको पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले बताएका छन् ।