logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

नगरप्रमुख प्रत्यासी झा कांग्रेसमा प्रवेश


  • उज्यालो अभियान

बलरा, १० चैत – सर्लाहीको बलरामा नगरप्रमुखका प्रत्यासी नागेन्द्र झा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पूर्व सिडिओ समेत रहेका झा जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । झालाई नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं मधेश प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश गराइएको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।

बलरा नगरप्रमुखका प्रत्यासी झा २०७९ को स्थानीय तह निर्वाचनमा दुुई हजार ४५५ मत प्राप्त गरी चौंथो भएका थिए । झासहित साबिक मधुवनी गाउँ विकास समिति (गाविस) का अध्यक्ष चन्देश्वरप्रसाद सिंह, जनता समाजवादी पार्टी (नेपाल) का क्षेत्रीय अध्यक्ष राममङ्गल सिंहलगायतका नेता पार्टी परित्याय गरी कांग्रेसमा प्रवेश गरेका जिल्ला सचिव कार्कीले बताएका छन् ।

बलरा नगरपालिका–९, छतौना बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व मन्त्री नागेन्द्र कुमार, प्रदेशसभा सदस्य जङ्गीलाल राय, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहलगायतले सम्वोधन गरेका कांग्रेस नेता गजेन्द्र साहले बताएका छन् ।