फाइल तस्बीर ।
लालबन्दी, ०५ चैत – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।
उम्मेदवारका प्रतिनिधि जुट्न समय लाग्दा यहाँ मतदानमा केही ढिलाई भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएकोमा जनज्योतिमा करिव आधा घण्टापछि मतदान प्रारम्भ भएको हो ।
मतदानस्थलमा रहेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख (इन्स्पेक्टर) सुजन पाठकले मतदाता (विद्यार्थी) लामवद्ध भएर मतदान गर्न सुरु गरेका उज्यालो अभियानसँग बताए ।
सर्लाही क्याम्पस मलंगवा र चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीमा बिहान ८ बजेदेखि नै मतदान जारी छ ।