logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मलंगवा र सुखेपोखरीमा मतदान सुरु, लालबन्दीमा ढिलाई


  • उज्यालो अभियान

लालबन्दी, ०५ चैत – सर्लाहीका तीन क्याम्पसमध्ये चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी र सर्लाही क्याम्पस मलंगवामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।

लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा उम्मेदवारका प्रतिनिधि जुट्न समय लाग्दा मतदान सुरु गर्न ढिलाई भइरहेको छ । सबै उम्मेदवारका प्रतिनिधि भेला हुनासाथ यहाँ पनि मतदान सुरु हुने छ ।

मतदानका लागि बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्मको समय छुट्याइएको छ ।