बलरा, २९ फागुन – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह आज सर्लाहीको बलरा आएर फर्किएका छन् ।
जनमत पार्टीका नेता समेत रहेका सिंह पार्टीले बलरा नगरपालिका–९, नहरगन्जमा आयोजना गरेको पार्टी प्रवेश तथा होलीको शुुभकामना आदानप्रदान कार्यक्रममा सरिक भएर फर्किएका हुन् । कार्यक्रममा मधेशको ठूलोमध्येको एक होली पर्वको शुुभकामना आदानप्रदानसँगै अन्य पार्टी परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेकालाई स्वागत समेत गरिएको जनमत पार्टी सर्लाहीका इन्चार्ज श्रीचन यादवले जानकारी दिए ।
जिल्ला आउनुुभएका बेला मुख्यमन्त्री सिंहले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावका सम्वन्धमा पार्टी तथा विद्यार्थी नेतालाई भेटेर कुराकानी समेत गरेका छन् ।