logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

ब्रह्मपुरी गाउँपालिकामा ज्ञापन पत्र बुझाइयो


  • उज्यालो अभियान

ब्रह्मपुरी, २७ फागुन – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता तत्काल निकासाको व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र बुुझाइएको छ ।

गाउँपालिका अध्यक्षका प्रत्यासी विरेन्द्रकुमार रायको नेतृत्वमा गाउँपालिका अध्यक्ष रामपदारथ साह तेलीलाई ज्ञापन पत्र बुुझाउँदै तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था मिलाइ सामाजिक सुरक्षा भत्ता निकासाको व्यवस्था मिलाउन माग गरिएको हो । ज्ञापन पत्रमा गाउँपालिका अध्यक्षको भूमिका र निर्वाचित जनप्रतिनिधिको आपसी विवाद, कलह र मतभेदले गर्दा लामो समयदेखि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुुगेको आरोप लगाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, शिक्षक, कर्मचारीको तलब रोकिएको छ ।

ज्ञापन पत्र बुुझाउन पुुगेको समूहले गाउँपालिकाभित्र गरिएको कृषि विद्युतीकरण तत्काल सूचारु गर्न पनि माग गरेको छ । ब्रह्मपुरीमा स्वास्थ्य शाखातर्फका कर्मचारी उपेन्द्र राउतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएकोमा केही महिनाअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी खोसेको छ ।

राउतको जिम्मेवारी खोसेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको छैन् । गाउँपालिका अध्यक्ष साहले प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयबाटै राजनीति हुने गरेको गुनासो गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पठाउने अधिकार पूर्णरुपमा मन्त्रालयमै रहेको तर मन्त्रालयले वास्ता नगरेको उनले उज्यालो अभियानसँग बताए । सर्लाहीका कतिपय पालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत ल्याउन मन्त्रालयमा गएर पैसा बुुझाउनुपर्ने अवस्था समेत रहेको गुनासो पोख्दै आएका छन् ।