logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

पार्टीको संगठन विस्तारमा लाग्न महतोको निर्देशन


  • उज्यालो अभियान

मलंगवा, २३ फागुन – राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले पार्टीको संगठन विस्तारमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

गृह जिल्ला सर्लाही आएका नेता महतोले आज मलंगवामा अगुवा कार्यकर्ता पार्टी सम्बद्ध बुद्धिजीवीको भेलालाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । नेता महतोले यहाँ भईरहेको कमिकमजोरी तथा विकृतिका बारेमा चनाखो भई जनताको पक्षमा अवाज उठाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।

जिल्ला अध्यक्ष विनोद कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा सर्लाही जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय तथा जिल्लाका नेता कार्यकर्ताहरुको उल्लेख्य संख्यामा सहभागीता रहेको थियो । यसैबीच आज राष्ट्रिय मुक्ति पार्टी नेपालको मलंगवा नगर तयारी समिति गठन गरिएको छ ।

अजय साह संयोजक रहेको समितिको सदस्यमा मो. रेजा, दिनेश चौधरी, अजय शर्मा, राजेन्द्र रौनियार, गौतम सराफ, उपेन्द्र रौनियार, रमेश गुप्ता, कृष्ण राय, राजकिशोर साह, रामवली राय, रामएकवाल साह, मो. नजाम हुसेन, राजेश महतो, सुरेश राय, समसाद, धमेन्द्र खिरहरी, शिवनारायण महतो, प्रेम गुप्ता, दिपलाल महतो, अजय साह, काशि चौधरी, प्रमोद कुमार राय लगायत २४ सदस्य रहेको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष महतको उपस्थितिमा गठन गरिएको समितिले मलंगवा नगरपालिकामा पार्टीको संगठन विस्तार तथा नगरमा भए गरेको कमिकमजोरीको विषयमा अवाज उठाउने जिल्ला सचिव मुकेश यादवले जानकारी दिए ।