logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा साँझदेखि चिसो हावा बहँदै, चुरेभेगमा छिटफुट वर्षा


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, १२ फागुन – सर्लाही आज साँझदेखि चिसो हावा बहिरहेको छ ।

यहाँको उत्तरी चुरेभेगमा आज साँझपख केहीबेर पानी छिट्याएको स्थानीयले जानकारी दिएका छन् । पूर्व पश्चिम राजमार्ग तथा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने अन्यत्र वर्षा भएर चिसो हावा चलेको हो ।

हिजो–अस्तीदेखि नै देशका विभिन्न पहाडी भू–भागमा वर्षा र हिमपात भइरहेको छ । सर्लाहीमा पनि बेलाबेलामा पानी पर्लाजस्तो भई मौसम धाम्मधुम्म भएपनि वर्षा हुन सकेको छैन् ।

यो वर्षको समग्र हिउँदयामभर नै मधेश प्रदेशमा वर्षा नै हुन सकेन् । सुक्खापन बढ्दो छ ।

सर्लाहीसहित तराई क्षेत्रमा साँझ–बिहान चिसो रहेपनि दिउँसोपख गर्मी चढ्न थालिसकेको छ ।

यस्तै आज साँझपख सर्लाहीमा धेरै मात्रामा स–साना किरा फट्याग्रा उडेको महशुस भएको कतिपय स्थानीयले बताएका छन् ।