घुर्कौली, ११ फागुन – सर्लाहीको हरिवन र बागमती नगरपालिकाको विभिन्न क्षेत्रमा आज दिउँसै हात्ती देखा परेको छ ।
हात्तीले हरिवन नगरपालिकाको घुर्कौली क्षेत्रमा केही घरटहरा र मकै बालीमा क्षति पुुर्याएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए ।

प्रत्यक्षदर्शीका अनुसार तीनवटा हात्ती देखा परेका छन् । दिउँसै हात्ती देखा पर्दा स्थानीय त्रसित बनेका छन् ।

यसअघि यी जंगली हात्तीले लालबन्दीको रानिगन्ज क्षेत्रमा स्थानीय युवा व्यवसायी शिवहरि गौतमले गरेको व्यावसायिक केरा खेती र अन्य किसानको मकै बालीमा व्यापक क्षति पुु¥याएको थियो ।