logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गुरुकुलममा आर्थिक सहयोग


  • उज्यालो अभियान

लालबन्दी, १० फागुन – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३८ औं वार्षिकोत्सवको अवसरमा सर्लाहीको हरिवन शाखाले लालबन्दीस्थित गुरुकुलममा आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत गुरुकुलममा सहयोग गरिएको नेशनल लाइफ इन्स्योरेन्सको हरिवन शाखा प्रमुुख रुद्रराज दाहाल जानकारी दिए । लालबन्दी नगरपालिका ७ डुमडुमेमा रहेको राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलमलाई संस्थाले १५ हजार नगद सहयोग प्रदान गरिएको हो ।

नेशनल लाइफ इन्स्योरेन्सको हरिवन शाखा प्रमुुख दाहाललगायतले गुरुकुलमका प्राचार्य अच्यूतम प्रसाद दाहाल, संचालक समितिका अध्यक्ष ऋषिप्रसाद सुवेदी, विष्णुप्रसाद भट्टराईलगायतको उपस्थितिमा नगद रकम हस्तान्तरण गरेका छन् ।