प्रतिकात्मक तस्बिर ।
बयलवास, १० फागुन – सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल निवासी पूर्व शिक्षक विन्देश्वर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।
भारतको प्रयागराजमा जारी महाकुम्भ स्नानका लागि भैरहवाहुँदै भारततर्फ जानेक्रममा भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको मृत्युु भएको हो । सिंह ईश्वरपुुर नगरपालिका–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापक हुन् ।
ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा पुरानो घर रहेको सिंह परिवार केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बसोबास गर्दै आएको थियो । सिंह श्रीमतीसँगै अन्य आठ जनासहित कुम्भमेलाका लागि दुुई दिनअघि भैरहवा नाकाहुँदै भारततर्फ लागेका थिए ।
सवारी दुर्घटनामा उनको मृत्युु भएपनि अन्य व्यक्ति सकुशल नै रहेका जानकारी आएको पारिवारिक स्रोतले जनाएको छ । सिंहको शव घर ल्याउने पहल भइरहेको बुझिएको छ ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले पूर्व प्रधानाध्यापक सिंहको निधनमा दुःख व्यक्त गर्दै नगरले एक वौद्धिक व्यक्ति गुमाएको उल्लेख गरेका छन् ।
सर्लाहीबाट अहिले पनि ठूलो सङ्ख्यामा मानिसहरु महाकुम्भ स्नानका लागि जाने–आउनेक्रम जारी नै रहेको छ ।