लालबन्दी, ०९ फागुन – सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरको एक परिवारले गाउँको विद्यालयलाई टेलिभिजन र वाटर डिस्पेन्सर सहयोग गरेको छ ।
माध्यमिक विद्यालय चन्द्रपुरका भूतपूर्व विद्यार्थी ढोल सि मोक्तान, सन्जिव मोक्तान र रन्जित मोक्तानले बुवा अष्टमान र आमा धनमायाको नाममा विद्यालयलाई ३२ इन्चको टिभी र एक थान वाटर डिस्पेन्सर प्रदान गरेका हुन् । उनीहरुले विद्यालयलाई ४४ हजार रुपैयाँ बराबरको समान सहयोग गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय पाख्रिनले जानकारी दिए ।
मोक्तान परिवारले आज बिहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाख्रिन, लालबन्दी १० का वडा सदस्य रामु तामाङ, प्रधानाध्यापक गोपाल श्रेष्ठ र अन्य शिक्षकको उपस्थितिमा विद्यालयलाई टिभी र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।
सहयोगीदाता एवं विद्यालयका पूर्व विद्यार्थी ढोल सि मोक्तानले आफू पढ्दा भएको दुःख सम्झेर विद्यालयलाई उक्त सहयोग प्रदान गरेको बताएका छन् ।