logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

ओडिसा घटना : लालबन्दीमा विद्यार्थीको प्रदर्शन


  • उज्यालो अभियान

लालबन्दी, ०६ फागुन – भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनालाई लिएर आज लालबन्दीमा पनि विद्यार्थीले प्रदर्शन गरेका छन् ।

केआईआईटीमा अध्ययनरत छात्रा रुपन्देहीकी प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीहरू प्रति गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा अध्ययनरत् विद्यार्थीले कलेज अगाडि प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । अनेरास्ववियु क्याम्पस कमिटीको आयोजनाको भएको प्रदर्शनमा सहभागी विद्यार्थीले जस्टिस् फर प्रकृति लम्साल, मृत्युुको छानबिन गर, अबिलम्व कुटनीतिक सम्वाद सुरु गर, नेपाली विद्यार्थीमाथि भएको आक्रमण बन्द गर, मानवता विरोधी गतिविधि बन्द गर जस्ता नारा लगाएका थिए ।

उक्त प्रदर्शनलाई अनेरास्ववियुका नेता समिमबाबुु पठान, आशिषबाबुु दाहाललगायतले सम्वोधन गर्दै घटनाको सहीसत्य छानबिन गरी दोषीलाई कारवाहीका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

केआईआईटीमा अध्ययनरत् नेपाली छात्रा लम्साल गत आइतबार होस्टेलमा मृत फेला परेकी थिईन् ।