बरहथवा, ०५ माघ – सर्लाहीको बरहथवामा आज फेरि उखु बोकेको ट्रक पल्टिएको छ ।
बरहथवातर्फबाट उखु लोड गरेर हरिवनस्थित चिनी मिलतर्फ आइरहेको ना ५ ख २८७० नम्वरको ट्रक अनियन्त्रित भई बरहथवा ८ स्थित टाँडी भन्ने स्थानमा पल्टिएको हो ।
दुर्घटनामा चालक र सहचालक घाइते भएपनि थप विवरण प्राप्त हुन बाँकी छ । यसअघि शनिबार दिउँसो बरहथवाकै मुर्तिया जंगलमा उखुु बोकेको ट्याक्टर पल्टिएको थियो ।