logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मुर्तिया जंगलमा उखु बोकेको ट्याक्टर पल्टियो


  • उज्यालो अभियान

मुर्तिया जंगलमा पल्टिएको ट्याक्टर ।

बरहथवा, ०३ फागुन – नयाँरोड–बरहथवा सडक अन्तर्गत सर्लाहीको मुर्तिया जङ्गलमा आज दिउँसो उखु बोकेको ट्याक्टर अनियन्त्रित भइ सडकमै पल्टिएको छ ।

बरहथवातर्फबाट उखु लोड गरेर हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगतर्फ आउँदै गरेको ना १ त ४६२४ नम्वरको ट्याक्टर मुर्तिया जङ्गलमा अनियन्त्रित भइ पल्टिएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाले जानकारी दिए ।

ट्याक्टर पल्टिँदा टे«लरमा रहेको उखु सडकमै थुप्रिएको थियो । ट्याक्टर पल्टिँदा नजिकै अर्को कुनै सवारी साधन नआएकाले ठूलो क्षति टरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनापछि एकतर्फी सडक संचालन छ । सडकबाट उखु पन्छाउन बरहथवा नगरपालिकाको दमकल मगाइएको छ ।

सर्लाहीका उखु किसानको उखु धमाधम काटेर चिनी मिलमा लैजाने काम गरिरहेका छन् ।

पटक–पटक लैजाँदा ढुवानी खर्च बढ्ने भन्दै किसानले ट्याक्टर र ट्रकमा क्षमता भन्दा बढी उखु लोड गरेर चिनी मिलसम्म पुु¥याउने गरेका छन् ।