logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पटके काटेर इभी भ्यानले यात्रु ओसार्दा मार परेको बस व्यवसायीको गुनासो 


  • उज्यालो अभियान

नवलपुर, ०३ फागुन – सर्लाहीका रात्रि बस व्यवसायीले साना इभी गाडीले समेत अस्थायी बाटो इजाजत (पटके) काटेर यात्रु ओसार्न थालेपछि आफूहरुलाई मार परेको गुनासो पोखेका छन् ।

यातायात व्यवस्था कार्यालयले मनलाग्दी रुपमा पटके प्रदान गरेर इभी भ्यानहरुलाई २४ सैँ घण्टा काठमाडौँ जान दिएकोमा यहाँका बस व्यवसायीले आपत्ति जनाएका हुन् । इभी गाडीले हेटौंडा हुँदै छोटो बाटो भएर रात्रि सेवामा यात्रु ओसार्ने गर्दा असाध्य मार परेको प्रदेश २ यातायात प्रालिका अध्यक्ष एवं शिव पार्वती बसका संचालक दीपक श्रेष्ठले गुनासो गरे ।

त्यसैपनि कोभिड–१९ को महामारी तथा गत वर्षायाममा दुुईवटा रात्रि बस त्रिशुलीमा खसेपछि व्यवसाय नै प्रभावित भइरहेको अवस्थामा अहिले इभी भ्यानले रातभर यात्रु ओसारदिँदा रात्रि बसका यात्रु कम भएका श्रेष्ठको भनाई छ ।

केही रात्रि बस भारतको प्रयागराजमा लागेको कुम्भ मेलामा रिर्जभ गएका बेला यहाँ चलेका सिमित बसले यात्रु पाइरहेकोमा साना गाडीले पटके काटेर धमाधम यात्रु ओसारीदिँदा मार परेको रात्रि बस व्यवसायीको दुःखेसो छ ।