लालबन्दी, २७ माघ – पूर्वपश्चिम लोकमार्गको बर्दीबास ५ स्थित टुटेश्वरको जंगली क्षेत्रमा आज अपरान्ह यात्रु बस दुर्घटना हुँदा १९ महिलासहित ३० जना घाइते छन् ।
घाइते अधिकांश सर्लाहीका रहेका प्रहरीले जनाएको छ । घाइतेको बर्दीबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचार जारी छ । मनरासिसवा ४ महोत्तरीका ४० वर्षिय शुशीलकुमार साह, सर्लाही ईश्वरपुर ५ का मीठु वोहरा, बरहथवा २ का ६७ वर्षिया यशोधा बुढाथोकी, ७९ वर्षिय पूर्णबहादुर बुढाथोकी, बरहथवा ५ का ८ वर्षिय प्रन्जिल महतो र सर्लाही हरीपुर्वाकी ४० वर्षिया जती कुमारीसमेत ६ जनाको अवस्था तुलनात्मकरुपले मध्यम छ ।
उनीहरुको टाउको, खुट्टा, ढाड र चोट लागको शुभ स्वास्तिक असपतालले जनाएको छ । अरु घाइतेको टाउको, हातखुट्टा, कम्मर लगाएतका शरीरका विभिन्न अंगमा सामान्य चोट लागेको असपताल श्रोतले जनाएको छ । बर्दीबासस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मीप्रसाद जोशीकाअनुसार जनकपुरबाट सर्लाहीको बरहथवातर्फ जादै गरेको ना ५ ख २८५१ नंको बस गौशाला चोकदेखि पश्चिमतर्फको जंगलमा सडकबाट करिव १० मिटर तल पुगेर पल्टेको थियो ।
तिव्र गतिमा गुडिरहेको बसको अगाडीको टायर रड फुस्केपछि स्टेरिङ फेल हुदा दुर्घटना भएको जोशीले बताए । दुर्घटनास्थल पुगेका ट्राफिक, सशस्त्र र नेपाल प्रहरीले घाइतेको उद्धार गरि असपताल पु¥याएका थिए ।
दुर्घटना लगत्तै बस चालक र सहचालक फरार छन् । दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।