परवानीपुर, २४ माघ – सर्लाहीको लालबन्दी नगरपालिका–१५, देउरालीमा कालोपत्रे सडक पुगेको छ ।
सहरी विकास मन्त्रालयबाट बहुुवर्षीय योजना अन्तर्गत चुरेकाँखमा पर्ने देउराली गाउँमा ‘पिच रोड’ पुुर्याइएको हो । गत वर्ष परवानीपुर चोकदेखि भुमराको ओरालोसम्म र यस वर्ष भुमरादेखि देउरालीसम्मको सडक कालोपत्रे पूरा गरिएको लालबन्दी १५ का वडाध्यक्ष गोरखबहादुर बलले जानकारी दिए ।
साबिकको परवानीपुर गाविसको केन्द्र परवानिपुर चोकदेखि ईश्वरपुर नगरपालिका–१२, घारिबथानको सीमा नजिकपर्ने देउरालीसम्म कालोपत्रे सडक पुु¥याउन सहरी विकास मन्त्रालयले गत वर्ष दुुई करोड र यो वर्ष ८० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । भुमरादेखि देउरालीसम्मको करिव ८०० मिटर सडक कालोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन् ।
कच्ची सडकमा आवतजावत गर्दा अत्यन्त सास्ती र धुुलोबाट हैरान स्थानीय पक्की सडक बनेपछि खुसी भएका हुन् । लालबन्दी बजारदेखि देउरालीसम्म नै कालोपत्रे सडक पुगेपछि ईश्वरपुर नगरपालिका १२ घारिबथान क्षेत्रका स्थानीयलाई समेत लालबन्दी बजारसम्म आउजाउका लागि सहजता भएको छ ।
सहरी विकास मन्त्रालयको बहुवर्षिय योजना अन्तर्गत आगामी वर्षबाट परवानीपुर चोकदेखि लालबन्दी १५ कै सतभैयातर्फको सडक कालोपत्रे गर्न सुरु गरिने वडाध्यक्ष बलको भनाई छ ।
नगरकै विकटमध्येको एक वडा नं. १५ मा चुरेका बस्तीसम्म सडक लैजान समस्या परिरहे पनि चुरेकाँखको मुख्य सडक भने धमाधम कालोपत्रे हुने चरणमा रहेको लालबन्दी १५ को वडा कार्यालयले जनाएको छ ।