logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा मुस्लिम आयोगको अन्तरक्रिया


  • उज्यालो अभियान

मलंगवा, २३ माघ – सर्लाही सदरमुकाम मलंगवामा आज मुस्लिम आयोगको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको उपस्थितिमा “मुस्लिम समुदायको शैक्षिक, सामाजिक, आर्थिक एवं साँस्कृतिक” विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा मधेश प्रदेशसभा सदस्य जंगिलाल राय, विमला अन्सारी, पूर्व राज्यमन्त्री रिजवान अन्सारी, पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह, विभिन्न पालिकाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, मुस्लिम अगुवालगायतले मन्तव्य व्यक्त गरेका छन् ।

वक्ताले मुस्लिम समुदायको उत्थानका लागि आधुनिक शिक्षामै जोड दिनुुपर्ने उल्लेख गरेका छन् ।