logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

समाजसेवी साहले बाँडे विद्यार्थीलाई कापी र कलम


  • उज्यालो अभियान

हरिवन, २२ माघ – समाजसेवी नरेन्द्र साहले सर्लाहीको हरिवन र बागमतीमा विद्यार्थीलाई कापी र कलम वितरण गरेका छन् ।

उनले वर्षेनि झैँ सरस्वती पूजाको अवसरमा बागमती १ र ११ तथा हरिवन १ मा २ हजार ५ सय थान कापी र ८ सय थान कलम वितरण गरेका हुन् । आफै विद्यालयमा  पुगेर जनप्रतिनिधि, व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक लगायतको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरेका साहका सहयोगी रोशन तामाङले जानकारी दिए ।

समाजसेवी साहले विभिन्न अवसरमा विद्यार्थी तथा गरिब, विपन्नलाई विभिन्न प्रकारको सहयोग गर्दै आएका छन् ।