पत्थरकोट, १८ माघ – लालबन्दी नगरपालिका–१२, पत्थरकोट स्याङ्बाडाँडामा रहेको हरेराम सङ्कीर्तन कुञ्जमा माघ २१ गते सोमबार प्राण प्रतिष्ठाको कार्यक्रम आयोजना गरिने भएको छ ।
भगवान सङ्कर्षणको बिग्रहको सोमबार प्राण प्रतिष्ठाको कार्यक्रम आयोजना गरिएको हरेराम सङ्कीर्तन कुञ्जका अध्यक्ष बलराम गुर्मछानले जानकारी दिए । सोही अवसरमा माघ २१, २२ र २३ गते तीन दिनसम्म श्रीमद्भागवतको पारायण समेत हुने भएको छ । उक्त ३ दिने समारोहमा ५ हजार भन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा आयोजकले गरेको छ ।
श्रीमद्भागवतमा अनन्तप्रसाद गौतम र अजितप्रसाद गौतमले प्रवचन दिने कार्यक्रम छ । कार्यक्रममा सर्लाहीसहित धरान, हेटौंडा, काठमाडौं, काभ्रेलगायत स्थानबाट भक्तजन आउने दावी आयोजकको रहेको छ ।
मन्दिरमा प्राण प्रतिष्ठा निर्माणसहित अन्य कामका लागि मुरारी गौतमले विशेष सहयोग प्रदान गरेका आयोजकका नारायण गुर्मछानले बताएका छन् ।