logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

राजश्रीलाई डिसहोम क्रिकेटको उपाधि


  • उज्यालो अभियान

सुनिल ठाकुर/ उज्यालो अभियान

मलंगवा, १८ माघ – सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित डिस होम कर्पोरेट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट सिजन–३ को उपाधि राजश्री सेभिङ्ग को–अपरेटिभ सोसाइटी लिमिटेडले जितेको छ ।

मलङ्गवास्थित कभर्ड हलमा आयोजित प्रतियोगिताको गएसाँझ सम्पन्न फाइनल खेलमा कामना विकास बैङ्कलाई एक रनले स्तब्ध पार्दै राजश्रीले उपाधि रक्षा गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको राजश्रीले निर्धारित पाँच ओभरको खेलमा तीन विकेट गुमाएर ४८ रन बनायो ।

राजश्रीका लागि प्रवीण यादवले सर्वाधिक ३३ रन बनाए । कामना विकास बैङ्कका लागि संजोग शर्माले दुुई विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको कामना विकास बैङ्कले पाँच ओभरमा पाँच विकेट गुमाएर ४७ रन मात्रै बनाउन सक्यो ।

कामनाका लागि अजय चौधरीले सर्वाधिक २८ रन बनाए पनि टिमको हार टार्न सकेनन् । राजश्रीका लागि रजनिश यादवले सर्वाधिक दुुई विकेट हात पारे ।

खेलमा राजश्रीलाई उपाधि दिलाउन सर्वाधिक ३३ रनको योगदान गर्ने प्रवीण यादव म्यान अफ दी म्याच घोषित भएका छन् ।

प्रतियोगिताको बिजेता राजश्री सेभिङ्ग को–अपरेटिभ सोसाइटी लिमिटेड र उपबिजेता कामना विकास बैङ्कलाई तीन/तीन महिनाका लागि क्रमशः तीन सय एम बि पी एस र दुुई सय एम बि पी एसको नेट निःशुल्कसहित ट्रफी तथा प्रमाण–पत्र प्रदान गरिएको आयोजक लक्ष्मी इन्टरप्राइजेज मलङ्गवाका सञ्चालक सुवास गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा मलङ्गवाका विभिन्न १० वटा बैङ्क तथा वित्तीय संस्थाले सहभागिता थिए ।