बसबरिया, १८ माघ – सर्लाहीको बसबरिया गाउँपालिकामा आज शोक बिदा दिइएको छ ।
बसबरिया गाउँपालिका–१, का निर्वाचित वडा सदस्य रामभजन राय यादवको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले आज एक दिन बिदाको घोषणा गरेको हो । वडा सदस्य यादवको माघ १५ गते निधन भएको थियो ।
गाउँपालिका अध्यक्ष रामसिंहासन रायले आज बिहान विज्ञप्ती जारी गरी वडा सदस्य यादवको निधनमा आज पालिकाभित्र शोक बिदा दिइएको जानकारी गराएका छन् ।