महालक्ष्मी सिध्दपीठमा बुधबार महालक्ष्मीको प्राणप्रतिष्ठा गरिनेबारे आयोजित पत्रकार सम्मेलन ।
रानिगन्ज, १७ माघ – लालबन्दी नगरपालिका–१७, साहेबगन्जमा निर्माण गरिएको महालक्ष्मी सिध्दपीठमा आगामी बुधबार महालक्ष्मी माताको प्राणप्रतिष्ठा गरिने भएको छ ।
महालक्ष्मी सिध्दपीठमा आज आयोजित पत्रकार सम्मेलनमा माघ २३ गते बुधबार भव्य समारोहमा बिच महालक्ष्मीको प्राणप्रतिष्ठा गर्न लागिएको जानकारी दिइएको हो । सदगुरुदेव कमल योगीले प्राणप्रतिष्ठाको तयारी लगभग पूरा भइसकेको जानकारी दिए ।

महालक्ष्मी सिध्दपीठ ।
सो स्थानमा ७ फिट कद भएकी अष्टादश भुजा (१८ हात भएकी) महालक्ष्मीको श्रीविग्रह स्थापना गरिएको आयोजकले जनाएको छ । साहेगन्जको उक्त शक्तीपीठ नेपालमै सबैभन्दा अग्लो कदको श्रीबिग्रह रहेको पत्रकार सम्मेलनमा आयोजकले दावी गरेको छ ।
महालक्ष्मीको प्राणप्रतिष्ठामा उपस्थित हुन आयोजकका शिवहरि गौतमले पत्रकार सम्मेलनमार्फत सबैसँग आग्रह गरेका छन् ।