logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कर्मचारी मिलन केन्द्रद्वारा मानवसेवा आश्रमलाई सहयोग


  • उज्यालो अभियान

हरिवन, १७ माघ – कर्मचारी मिलन केन्द्र सर्लाहीले आज हरिवन नगपालिका–१, कैलाशपुरीस्थित मानवसेवा आश्रममा सहयोग प्रदान गरेको छ ।

केन्द्रको तर्फबाट आश्रमलाई एक थान फ्रिज, त्यहाँ संरक्षण गरेर राखिएका बालबालिका तथा अन्य सडक मानवलाई कपडा र सरसफाई सामग्री प्रदान गरिएको हो । त्यस्तै आश्रममा आश्रय दिएर राखिएका व्यक्तिहरुलाई आगो ताप्नका लागि डिभिजन वन कार्यालयको तर्फबाट आज नै एक ट्रयाक्टर दाउरा समेत उपलब्ध गराइएको कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यक्ष एवं डिभिजन वन प्रमुख सन्तोष कुमार झाले जानकारी दिए ।

कर्मचारी मिलन केन्द्र सर्लाहीका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भैरवीदल गण पाँचकुमारीका प्रमुख सेनानी सूूर्यबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल र विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।