लालबन्दी, १६ माघ – शहीद दिवस आज सर्लाहीमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।
सरकारी निकाय, राजनीतिक दल, जनसमुदाय, विद्यालयलगायतले फरक–फरक कार्यक्रमको आयोजना गरी जिल्लाभर शहीदको योगदानलाई सम्मान गर्ने काम गरिएको हो ।
सदरमुकाम मलंगवाको शहीद स्तम्भमा भने आज कुनै कार्यक्रम नै भएन । दिनभर शहीद पार्क सुनसान देखिन्थ्यो । शहीद पार्कमा माल्र्यापणधरी हुन नसकेको हो । शहीद दिवसको अवसरमा लालबन्दीको शहीद ईगलको स्तम्भमा भने विभिन्न दल तथा तीनका भातृ संस्थाले माल्र्यापण तथा दीप प्रज्वलन गरेका छन् ।
मदन भण्डारी फाउण्डेसनको आयोजनामा शहीद इगल बहादुर जर्गाको शालीकमा माल्र्यापण गरिएको एमाले नेता चूडामणि वाग्लेले बताए ।
सो स्तम्भमा आज साँझ नेपाली कांग्रेस र उसको भातृ संस्थाहरुको आयोजनामा दीप प्रज्वलन गरिएको छ ।
दिवसका अवसरमा वर्षेनि झैँ हरिपुर १ हजारबिघास्थित शहीद स्तम्भमा माल्र्यापण गरिएको वडाध्यक्ष नानीबाबु थापाले बताए । नेपाली कांग्रेस सर्लाहीले सदरमुकाम मलंगवामा शहीद दिवस मनाएको छ । जिल्लामा उपलब्ध अगुवा नेता, कार्यकर्ताको उपस्थितिमा शहीद दिवस मनाइएको जिल्ला उपसभापति डा. सरोज ले जानकारी दिए ।
मलंगवा नगरपालिकाले पनि शहीद दिवस मनाएको छ । मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।
यस दिवसका अवसमरा दिक्षान्त पाठशाला बयलवासले र्याली र विद्यार्थीबिच विभिन्न आन्तरिक प्रतिस्पर्धा कार्यक्रम सम्पन्न गरेको छ ।
शहीद दिवसका अवसरमा वर्षेनि यस्ता औपचारिक कार्यक्रम भइरहे पनि व्यवस्था परिवर्तन र आम नागरिकको जीवनस्तर उकास्न शहीदले पुर्याएको योगदानको कदर हुन नसकेको जनगुनासो व्यापक मात्रामा सुन्ने गरिन्छ ।