logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शिक्षक संगठन लालबन्दीको अध्यक्षमा पुनः आचार्य


  • उज्यालो अभियान

लालबन्दी, १६ माघ – नेपाल राष्ट्रिय शिक्षक संगठन लालबन्दीको अध्यक्षमा पुनः गोविन्द आचार्य चयन भएका छन् ।

आज लालबन्दीस्थित जनज्योति माध्यमिक विद्यालयमा सम्पन्न तेस्रो नगर अधिवेशनले आचार्यको नेतृत्वमा २५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिमा आचार्य अध्यक्ष, श्यामकुमार खड्का उपाध्यक्ष, शशीकला थोकर महिला उपाध्यक्ष, सन्तोष गैरापिप्ले सचिव, रीता कुमारी रेग्मी सह–सचिव, मुसाफिर कुशवाहा कोषाध्यक्ष, अनिसा दुलाल कार्की सह–कोषाध्यक्षलगायत अन्य सदस्य रहेका छन् ।

पुष्पबहादुर श्रेष्ठले संचालन गरेका कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन मधेश प्रदेशका अध्यक्ष नरेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।