logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पौरखीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सुवास दाहाल


  • उज्यालो अभियान

लालबन्दी, १५ माघ – लालबन्दीस्थित पौरखी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुवास दाहाल चयन भएका छन् ।

संस्थाको आज सम्पन्न १३ औँ वार्षिक साधारण सभाले दाहाल अध्यक्ष रहने गरी ९ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । नवगठीत कार्य समितिमा जानुका बलम्पाकी उपाध्यक्ष, सुरज श्रेष्ठ सचिव, रामप्रसाद देवकोटा कोषाध्यक्षसहित सदस्यहरुमा केवल बहादुुर दाहाल, सुमन श्रेष्ठ, उमेश श्रेष्ठ, धुर्व विक राकेश साह रहेका छन् ।

कार्यक्रम संस्थाका अध्यक्ष उद्धव प्रसाद पौडेलको अध्यक्षता, प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यता, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकी, संस्थाका संस्थापक अध्यक्ष देविबन्धु थापा र सल्लाहकार शिवप्रसाद न्यौपानेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।