logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सोनाम ल्होछार : बागमतीमा भोलीदेखि १८ गतेसम्म बिदा


  • उज्यालो अभियान

बागमती, १४ माघ सर्लाहीको बागमती नगरपालिकाले तामाङ समुदायको महान पर्व मन्जुश्री संवत २८६१ औँ डुुल÷सा पुख्री ल्हो सोनाम ल्होसारको अवसरमा दुई दिन स्थानीय बिदा दिएको छ ।

कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले आज एक सूचना प्रकाशित गरी सोनाम ल्होछारको अवसरमा माघ १५ र १८ गते स्थानीय बिदा दिइएको उल्लेख गरेका छन् । तामाङ समुदायले आफ्नो महान पर्व माघ १७ गते मनाउँदै छन् । सो दिन देशभर राष्ट्रिय बिदा नै रहेको छ ।

बागमती नगरपालिकाले भने माघ १५ र १८ गते पनि सोनाम ल्होछारको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । यहीबिचमा माघ १६ गते शहीद दिवसका अवसरमा सार्वजनिक बिदा परेको छ । कार्यवाहक नगरप्रमुख लामाले बागमती नगरपालिकामा माघ १५ गते मङ्गलबारदेखि माघ १८ गते शुक्रबारसम्म नै बिदा रहने जानकारी दिए ।

बागमती नगरपालिकाभित्र तामाङ समुदायको बाहुल्यता रहेको छ । सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुुङ नगर समितिले बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरीमा माघ १८ गते शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।