logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

पिपरिया, १२ माघ – नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित अध्यक्ष एवं कान्तिपुर दैनिकका संवाददाता ओमप्रकाश ठाकुरलाई मातृ शोक परेको छ ।

ठाकुरकी आमा वैदेही देवीको आज साँझ ७५ वर्षको उमेरमा निधन भएको हो । उनी अन्य मानिससँग रिजर्भ बसमा भारतको महाकुम्भ स्नानका लागि त्यसतर्फ जाँदै गर्दा मलंगवास्थित नेपाल–भारत सीमा नजिक पुगेपछि अचानक अचेत भएकी थिईन् । तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका पारिवारिक स्रोतले जनायो ।

वैदेही देवीको शव अहिले राति कविलासी नगरपालिका २ पिपरियास्थित घरमा ल्याइएको छ । उनको भोली बिहान हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने परिवारले बताएको छ ।
वैदेही देवीका एक छोरा र चार छोरी छन् ।