logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमतीमा मोतिया बिन्दुको अप्रेसन क्याम्प सुरु, पहिलो दिन १५० जनाको शल्यक्रिया


  • उज्यालो अभियान

बागमती, १२ माघ – सर्लाहीको बागमतीमा आजबाट आँखामा मोतिया बिन्दुको समस्या भएका बिरामीको शल्यक्रिया (अप्रेसन) कार्य सुरु भएको छ ।

बागमती नगरपालिकाले तिलगंगा आखा प्रतिष्ठानसँग समन्वय गरी माघ ४ गतेदेखि हिजोसम्म नगरका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर आयोजना गरेको थियो । ति सबै ठाउँमा फेला परेका मोतिया विन्दुका बिरामीको आजबाट बागमती नगरपालिका ५ सोल्टीबजारस्थित जनता नमूना माध्यमिक विद्यालयमा अप्रेसन सुरु भएको हो ।

आज पहिलो दिन १५० जनाको अप्रेसन गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम रायमाझीले जानकारी दिए । उनका अनुसार एक साता चलाइएको आँखा शिविरमा करिव २ हजार जनाको आँखा परीक्षण गर्दा ५९५ जनामा मोतिया बिन्दुको समस्या देखिएको छ । उनीहरुको माघ १४ गतेसम्ममा शल्यक्रिया गर्ने लक्ष्य रहेको छ ।