logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज अत्यधिक चिसो, घाम लाग्न सकेन


  • उज्यालो अभियान

मलंगवा, ०९ माघ – सर्लाहीका स्थानीयले आज अत्यधिक चिसो महशुस गरेका छन् ।

यहाँ आज दिनभर घाम लाग्न सकेन । बिहानैदेखि एकनाशले बाक्लो हुुस्सु लागेका कारण स्थानीयले कठ्यांग्रिदो चिसो महशुस गरेका हुन् ।

बाक्लो हुस्सु र अत्यधिक चिसोका कारण अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्ने व्यक्ति सबैभन्दा प्रभावित बनेका छन् । चिसोका कारण शिशु, बालबालिका, वृद्धवृद्धा, दीर्ग रोगी, अशक्त अझ बढी प्रभावित बनेका छन् ।

बढ्दो चिसोले यहाँ आम मानिस बिरामी पर्नेक्रम बढेको छ । धेरैमा अहिले ज्वरो, रुघाखोकी, घाँटी दुख्नेजस्ता चिसोजन्य संक्रमण अत्यधिक मात्रामा देखा परिरहेको छ ।

चिकित्सकले यो बेला चिसोजन्य संक्रमण हुँदा स्वास्थ्यमा समस्या बढ्ने भएकाले सावधानी अपनाउन आग्रह गर्दै आइरहेका छन् ।