बयलवास, ०८ माघ – जिल्ला विपद् व्यस्थापन समिति सर्लाहीले आज ईश्वरपुर नगरपालिका–८, रामपुरमा चिसो प्रभावित ४६ परिवारलाई फाइबर सिरक वितरण गरेको छ ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंह, जिल्ला समन्वय अधिकारी कमल बहादुर कार्कीलगायत उपस्थित भएर नगरप्रमुख मनोजकुमार आचार्य, वडाध्यक्ष श्यामबाबु थापालगायतको रोहबरमा चिसोले प्रभावित भएका परिवारलाई फाइबर सिरक वितरण गरिएको हो ।
आज नै लालबन्दी नगरपालिका–२, जुटपानीस्थित पद्म–भुुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा ९ थान फाइबर सिरक प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।