हरिवन, ०७ माघ – नेकपा एमालेका नेता रेवती पन्तले आफ्नो जन्मदिनको अवसरमा मानव सेवाश्रममा एक छाक भोजनको प्रवन्ध मिलाएका छन् ।
पन्तले जन्मदिनको अवसर पारेर आज बिहान हरिवन नगरपालिका १ कैलाशपुरीस्थित मानव सेवाश्रममा आश्रय दिएर राखिएका व्यक्तिहरुलाई एक छाक भोजन गराएका हुन् । बागमती नगरपालिका १२ निवासी पन्तले पत्नी विभा नेपालसँगै आश्रममा पुुगेर मानव सेवाको काम गराएका हुन् ।
उक्त कार्यक्रममा निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, एमाले सर्लाहीका उपाध्यक्ष विदुर प्याकुरेल, नेताहरु सीताराम पोखरेल, तारा पोखरेल, केदारनाथ मैनाली, चूूडामणि वाग्लेलगायतको उपस्थिति रहेको थियो ।