logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पिपरियाका चिसो प्रभावितलाई सेनाको कम्बल


  • उज्यालो अभियान

पिपरिया, ०६ माघ नेपाली सेनाले आज सर्लाहीको कविलासी नगरपालिका–१, पिपरियाका चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेको छ ।

भैरवीदल गण पाँचकुमारीले पिपरियाका अतिविपन्न एक सय घरधुरीलाई कम्बल उपलब्ध गराएको हो । प्रत्येक परिवारलाई दुुई/दुुई थानका दरले कम्बल वितरण गरिएको पाँचकुमारी ब्यारेकले जनाएको छ । कविलासी नगरपालिका–१ का वडाध्यक्ष दीपलाल राय यादव र गणकी सेनानी (मेजर) रीता थापाले चिसो प्रभावित अतिविपन्न परिवारलाई कम्बल हस्तान्तरण गरेका हुन् ।

चिसोबाट कठ्यांग्रिएका व्यक्तिलाई बस्तीमै पुगेर कम्बल वितरण गरिएको भैरवीदल गणका गणपति (प्रमुख सेनानी) सूर्यबहादुर कार्कीले जानकारी दिए । गणले पुस २४ गते लालबन्दी नगरपालिका–४, स्थित मुसहर बस्तीका ११५ परिवारलाई कम्बल वितरण गरेको थियो ।