logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गेरुवा खोलाको पानीमा एक पुुरुष मृत फेला


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बबरगन्ज, ०५ माघ – सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, स्थित गेरुवा खोलाको पानीमा डुुबेको अवस्थामा एक बेवारिसे पुरुष मृत फेला परेका छन् ।

आज अपरान्ह परिचय खुल्न नसकेका अन्दाजी ४५/५० वर्षको पुरुष मृत फेला परेका हुन् । ति व्यक्ति विगत १०÷१५ वर्षदेखि बबरगन्ज क्षेत्रमा मागेर खाँदै हिँड्ने गरेको स्थानीयले बताएका छन् ।

पुरुषको मृत्युको कारण खुल्न सकेको छैन् । मृतकको शव पोष्टमार्टमका लागि आज साँझ प्रादेशिक अस्पताल मलंगवा लगिएको छ ।