नाढीमन, ०५ माघ – सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा पहिलो पटक उपशाखा गठन गरेको छ ।
शिक्षक सरोजकुमार सिंह सभापति रहने गरी ११ सदस्यीय चन्द्रनगर गाउँपालिका स्तरीय उपशाखा समिति चुनिएको हो । रेडक्रसको उपसभापतिमा कुन्ती कुमारी, सचिवमा बिक्रमप्रसाद सिंह, उपसचिवमा दीपेन्द्रकुमार राय, कोषाध्यक्षमा विमलदेवि महतो, सह–कोषाध्यक्षमा मनसिप महतो, महिला सदस्यमा लालपरी देवि पण्डित र खुल्ला सदस्यहरुमा शिवनाथ कापर, नथुनी साह, दरोगा पासवान र मन्सुुद आलम रहेका छन् ।
पुस २८ गतेको निर्वाचनबाट चुनिएका पदाधिकारीसहित अन्य सदस्यले हिजो पदस्थापन समेत गरेका छन् ।
गाउँपालिका अध्यक्ष राजकुमार महतोको अध्यक्षता, जिल्ला रेडक्रस सर्लाहीका सभापति नागेन्द्रप्रसाद चौधरीको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष गीतादेवि महतोको विशिष्ठ आतिथ्यतामा रेडक्रस उपशाखाका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रम नाढीमन तालस्थित गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो ।