logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सीडीओ अधिकारीकाे झापा सरुवा, नयाँ सीडीओमा श्रेष्ठ आउँदै


  • उज्यालो अभियान

फाईल तस्बिर ।

हरिवन, २२ पुस – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गाेपाल कुमार अधिकारीकाे सरुवा भएकाे छ । गृह मन्त्रालयले साेमबार १२ जना सह-सचिब एवं उप-सचिबकाे सरुवा गर्ने क्रममा सर्लाहीका सीडीओ अधिकारीकाे झापा सरुवा भएकाे हाे ।

अधिकारीले ७ महिनाअघि सर्लाही प्रजिअकाे जिम्मेवारी सम्हालेका थिए । सर्लाहीकाे प्रमुख जिल्ला अधिकारीमा भने गृह मन्त्रालयका सहसचिब तुलसी प्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएकाे छ । उज्यालाे अभियानसँग टेलिफाेन कुराकानी गर्दै झापा सरुवा भएकाे उल्लेख गर्दै प्रजिअ अधिकारीले  सर्लाहीमा कार्यरत रहुञ्जेल यथाशक्य सहयाेग तथा समन्वय गर्ने सम्पूर्ण सरकारी तथा गैर सरकारी क्षेत्रप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

त्यस्तै यसअघि सर्लाहीकाे सीडीओ रहेका इन्द्र देव यादव माेरङकाे प्रजिअमा सरुवा भएका छन् । हाल उनि गृह मन्त्रालयमा कार्यरत थिए ।